Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


फरार कैदीबन्दी पक्राउ


286
Shares

काठमाडौं । जेनजी आन्दोलनमा फरार रहेका कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।

वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का टसी तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

गत भदौ २३ र २४ को आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट फरार रहेका तामाङलाई मंगलबार पक्राउ गरिएको ब्युरोले जनाएको छ।

कारागारबाट भागेका फार भइ लुकिछिपी बसेकाे अवस्थामा ब्युरोको टाेलीले काठमाडौंस्थित गोकर्णेश्वरबाट पक्राउ गरी केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पेस गरेको छ।

Skip This