काठमाडौं ।
अफ्रिका कप अफ नेशन्स फुटबलमा इजिप्ट र दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेका छन् । गएराति भएको समुह ‘बि’ को खेलमा इजिप्टले जिम्बाबेलाई २–१ ले हरायो । इजिप्टको लागि ओमार मारमौस र मोहोमद सालाहले एक एक गोल गरे ।
जिम्बाबेका प्रिन्स डुबेले पहिलो गोल गरेपनि टोलीले अग्रता जोगाउन सकेन । यही समुहको अर्को खेलमा दक्षिण अफ्रिकाले एंगोलामाथि २–१ को जित निकाल्यो ।
दक्षिण अफ्रिकाका ओस्वीन अपोलिस र लायल फोष्टरले एक एक गोल गर्दा एंगोलाका म्यानुएल शोले एक गोल गरे । अफ्रिका कपको समुह ‘ए’ को खेलमा माली र जाम्बियाले एक एक गोलको बराबरी खेलेका छन् ।
यो समुहको पहिलो खेलमा आयोजक मोरक्कोले कोमोरोसलाई २–० ले हराएको थियो । अफ्रिका कपमा आज चार खेल हुनेछन् । समुह ‘डि’ का खेलहरुमा कंगो र बेनिन तथा सेनेगल र बोत्सवाना भिड्दा समुह ‘सि’ मा नाइजेरियाले तान्जानीयासँग तथा ट्युनिसियाले युगाण्डासँग खेल्नेछ ।





प्रतिक्रिया दिनुहोस्