Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


काठमाडौँका तीन होटललाई नगद जरिवानासहित कारबाही


650
Shares

काठमाडौँ ।

पछिल्ला दिनहरूमा नियमित बजार अनुगमन गर्दै स्वच्छता कायम गराउन अग्रसर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका तीनवटा होटल तथा रेस्टुरेन्टलाई नगद जरिवानासहित कारबाही गरेकाे छ ।

विभागले उपलब्ध गराएको विवरणअनुसार होटल ब्लिस्फुल प्रालि (कोटेश्वर) लाई ५० हजार रुपैयाँ, गोल्मादेवी भोजनालय एन्ड लजलाई पाँच हजार रुपैयाँ र चडेश्वरी नेवारी खाजा घर (कोटेश्वर) लाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो।

उक्त फर्महरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९(१) अनुसार कारबाही गरिएको विभागले जनाएको छ।

यसै क्रममा विभागले अन्य ११ फर्मको स्थलगत अनुगमन तथा निरीक्षण गरी आवश्यक सुधारात्मक निर्देशनसमेत दिएको छ।

विभागले कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री–वितरणमा रोक लगाउने तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यका साथ नियमित रूपमा बजार अनुगमन गरिरहेको स्पष्ट पारेको छ।