Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नवौं भलिबल च्याम्पियनसिप पुस ११ गतेदेखि सुरु हुँदै


247
Shares

काठमाडौं ।
आगामी पुस ११ गतेदेखि हुने नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप सुरु हुँदैछ ।

नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोलीले सहभागी जनाउनेछन । यसपटक मा गण्डकी प्रदेश भने च्याम्पियनसिप नखेल्ने भएको छ ।

च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभीए लिगमा छनोट हुने संघले जनाएको छ । महिलातर्फ तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ र त्रिभुवन आर्मी क्लब सहभागी हुनेछन् ।

यीबाहेक न्यू डायमन्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब, कर्णालीको चुली युवा क्लब, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् सहभागी छन् ।

पुरुषतर्फ पनि तीन विभागीय टोलीसहित मणिमुकुण्ड भलिबल क्लब, हेल्प नेपाल स्पोट्र्स क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, कोशी प्रदेश भलिबल संघ, खिल्जी युवा क्लब, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहनेछ ।

संघका अनुसार विभागीय टोलीबाहेकका क्लबले अधिकतम तीन विदेशी खेलाडी खेलाउन पाउनेछन । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुनेछ ।

Skip This