Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


अफ्रिका कप फुटबल सुरु


156
Shares

काठमाडौं ।
अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिता मोरक्कोमा सुरु भएको छ ।

गएराति भएको उद्घाटन खेलमा आयोजक मोरक्कोले कोमोरोसलाई २–० ले हरायो । मोरक्कोको लागि ब्राहिम डियाज र अयुब एल काबीले एक एक गोल गरे ।

जितसँगै मोरक्कोले तीन अंक जोड्दै समुहमा अग्रता लिएको छ । यो समुहमा मोरक्को र कोमोरोससँगै माली र जाम्बिया पनि रहेका छन् ।

अफ्रिका कप फुटबलमा आज तीन खेल हुनेछन् । आज माली र जाम्बिया भिड्दा दक्षिण अफ्रिका र एंगोला तथा इजिप्ट र जिम्बाबे आमने सामने हुनेछन् ।