Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


भारतद्वारा टी-२० विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोलीको घोषणा


3.9k
Shares

काठमाडौं । भारतले सन् २०२६ मा श्रीलंका र घरेलु मैदानमा हुने टी-२० विश्वकप क्रिकेटका लागि साविक विजेता टोलीकाे घोषणा गरेको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शनिबार सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो। टोलीको उपकप्तानको जिम्मेवारी अक्षर पटेललाई दिइएको छ। विकेटकिपरको रुपमा सञ्जु सामसन र इशान किसान छन् । त्यस्तै, टोलीमा अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुवे, रिंकु सिंह, जसप्रीत बुमराह, हर्षित राना, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती र वासिङ्टन सुन्दर छन्।

टी-२० विश्वकप आगामी फेब्रुअरी ७ तारिखदेखि मार्च ८ तारिखसम्म हुने भएकाे हाे। यसअघि अमेरिका र वेष्ट इन्डिजमा सन् २०२४ मा भएको टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले उपाधि जितेको थियो। त्यसैगरी विश्वकपको गत संस्करणमा समूह चरणबाट बाहिरिएको नेपाल यस पटक पनि छनोट भएको छ।