Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


मधेश प्रदेशको सभामुख पदका लागि २ जनाको उम्मेदवारी दर्ता


1.2k
Shares

काठमाडाैं। मधेश प्रदेश सभाको सभामुख पदका लागि २ जना प्रदेश सभा सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारित गरिएको मनोनयन दर्ताको समयमा सत्तारुढ ७ दलीय गठबन्धनकोतर्फबाट जनता समाजवादी पार्टी (जसपा)नेपालका रामअशिष यादव र एमालेका त्रिलोकी प्रसादले सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको प्रदेशसभा सभिवालयका प्रवक्ता विपिन ठाकुरले जानकारी दिनुभयो।

जसपा नेपालको प्रमुख सचेतक समेत रहनुभएका यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका फकिरा महतो समर्थक रहनुभएको छ। सभामुख उम्मेदवारी दर्ताअघि बसेको ७ दलीय गठबन्धनको बैठकले यादवलाई सर्वसम्मत रूपमा साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो।

यता त्रिलोकी प्रसादको उम्मेदवारीमा नेकपा एमालेकी प्रदेश सभा सदस्य शारदादेवी थापा प्रस्तावक तथा जयचन्द्रप्रसाद पटेल समर्थक रहनुभएकाे छ। सभामुख उम्मेदवारी दर्ता अघि बसेको एमाले संसदीय दलको बैठकले त्रिलोकी प्रसादलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो।