काठमाडाैं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको जनाएकाे हाे। साेही मूल्य बिहीबारको तुलनामा प्रतितोला २ हजार रूपैयाँ घटेको छ। बिहीबार सुन प्रतितोला २ लाख ६० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबार चाँदीकाे मूल्य पनि प्रतितोला ७५ रूपैयाँले घटेको छ। चाँदी शुक्रबार ताेलामा ४ हजार ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे हाे। बिहीबार तोलामा ४ हजार ८० रूपैयाँमा कारोबार भएको थियाे।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनप्रतिऔंस ४ हजार ३ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे हाे।





प्रतिक्रिया दिनुहोस्