Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


ट्रमा सेन्टरका मेडिकल प्रमुख सुपरिटेन्डेन्ट रिजालले दिए पदबाट राजीनामा


1.1k
Shares

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल प्रमुख सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री रिजालले पदबाट राजीनामा दिनुभएकाे छ।

उहाँले व्यक्तिगत तथा व्यावसायिक कारण देखाउँदै राजीनामा पेश गर्नुभएकाे हाे। रिजालको कार्यकालमा राष्ट्रिय ट्रमा सेन्टरमा आपत्कालीन तथा ट्रमा सेवाको सुदृढीकरण, सेवा व्यवस्थापन सुधार र जनशक्ति समन्वयमा उल्लेखनीय पहलहरू गरिएको थियो। उहाँको राजीनामासँगै सेन्टरको नेतृत्व व्यवस्थापनका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएकाे हाे।

राजीनामा स्वीकृत तथा नयाँ मेडिकल प्रमुख सुपरिटेन्डेन्ट नियुक्तिको विषयमा सम्बन्धित निकायबाट औपचारिक निर्णय आउन बाँकी रहेको छ।