Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः नेता गिरी


351
Shares

काठमाडाैं। नेकपा एमाले नेता पदम गिरीले देशको राष्ट्रियता संकटासन्न रहेको र एमालेमा केपी शर्मा ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले देश संकटासन्न अवस्थामा रहेको, संविधानको रक्षा गर्नुपर्ने, मुलुकको राष्ट्रियताको रक्षा गर्नुपर्ने भएकाले एमालेमा दृढ र बलियो नेतृत्वको आवश्यकता रहेको बताउनुभयो।

याे समयमा ओलीको नेतृत्वमा अघि बढ्नुपर्छ भन्ने हिसाबले सबै प्रतिनिधिको मानसिकता तयार रहेको उहाँकाे भनाइ छ। उहाँले ११ औं महाधिवेशन भव्य र सभ्य रुपले सम्पन्न भइरहेको बताउनुभयो। नेता गिरीले नयाँ अनुहार केन्द्रीय कमिटीमा देखिने बताउनुभएकाे छ।

Skip This