Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


भारतीय २ सय दरका नोट प्रतिव्यक्ति २५ हजारसम्म नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने


481
Shares

काठमाडाैं। सरकारले भारतीय २ सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने निर्णय गरेको छ।

सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएकाे भारतीय २ सय दरका नोट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने निर्णय गरेकाे हाे। गत मंसिर २९ गते बसेको मन्त्रीपरिषकाे बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभयो। उहाँका अनुसार सरकारले प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको छ।

स्ट्रन्थेनिङ पब्लिक फाइनान्सियल म्यानेजमेण्ट एण्ड डेभलप्ड सर्भिस डेलिभरी कार्यक्रमको लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिब १४ अर्ब ३८ करोड बराबर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको मन्त्री खरेलले बताउनुभयो। सरकारले आर्थिक वर्ष २०८२/८३ को बाँकी अवधिका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत सञ्चालित सिंचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाको लागि अधिकृतस्तरका ८ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।