Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


पेट्रोलको मूल्य बढ्याे (विज्ञप्तिसहित)

डिजेल र मट्टीतेलको मूल्य भने घट्याे 

3.2k
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको बताएकाे छ।

निगमले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी जानकारी गराएको हो। निगमले साेमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रूपैयाँ बढाएको र डिजेल-मट्टीतेलको ४ रूपैयाँ घटाएको जनाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) ले सोमबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ मूल्य तोकेको हो।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुने भएकाे छ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई ३ वर्गमा विभाजन गरेको जनाएकाे हाे।

Skip This