Logo १६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026


‘एउटै व्यक्तिलाई दोहोर्‍याइराख्ने प्रवृत्ति ठिक भएन, मेरो मन एकदमै दुखेको छ’: प्रदीप ज्ञवाली

'एमालेको पदाधिकारीबाट अब म कार्यकर्तामा झरेको छु'

23k
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवका स्वभाविक दाबेदार नेता प्रदीप ज्ञवालीलाई नपत्याएपछि विद्रोह गर्नुभएकाे छ।

एमालेको राजनीतिमा निरन्तर ओलीको पक्षमा उभिएका नेता ज्ञवालीले एघारौं महाधिवेशन घोषणा नहुँदै आफूलाई महासचिवको दाबेदारका रुपमा पेश गर्नुभएकाे थियाे। उहाँलाई एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङसहितले साथ दिए । तर ओलीले उपमहासचिव विष्णु रिमालसहितको जोडबलमा शंकर पोखरेललाई नै महासचिवमा निरन्तरता दिने निर्णय गर्नुभयाे। पोखरेलले महासचिवमा मनोनय गरिसक्नुभएकाे छ। अब उहाँले सुरेन्द्र पाण्डेसँग प्रतिस्पर्धा गर्नुहुने भएकाे छ।

ओलीले महासचिवमा पोखरेललाई अगाडि बढाएर ज्ञवालीलाई उपाध्यक्षमा राख्नुभएकाे थियाे। तर ज्ञवालीले ओलीसँग विद्रोह गर्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिनुभयाे। नेता ज्ञवालीको प्रस्तावकमा पर्शु पाण्डे र समर्थकमा रामजी ढकाल छन्। ओली टिमले ज्ञवालीलाई उपाध्यक्षको उम्मेदवार बनाउन सूची बनाएको थियो । तर उहाँले महासचिव नपाएपछि केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर हिड्नुभएकाे छ।

यसैबीच उहाँलाई महासचिव बनाउने जोडबल गरेका वर्तमान उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि उपाध्यक्षमा उम्मेदवारी दिनुभएकाे छ । ज्ञवालीलाई महासचिवमा लैजान नसकेपछि गुरुङले ढिलो गरी उपाध्यक्षमा मनोनयन गर्नुभएकाे थियाे। उम्मेदवारी दिएपछि साेमबार संचारकर्मीसँग कुरा गर्दै नेता ज्ञवालीले एमालेको पदाधिकारीबाट आफू कार्यकर्तामा झरेको बताउनुभएकाे छ।

उहाँले भन्नुभयाे,-‘एउटै व्यक्तिलाई दोहोर्‍याइराख्ने प्रवृत्ति ठिक भएन, मेरो मन एकदमै दुखेको छ। म पार्टी आन्दोलनको सधैंअग्रमोर्चामा छु।म केन्द्रीय सदस्यको दाबेदार हुँ। म पार्टी आन्दोलनका सबैजसो घटनाक्रममा जोडिए हुन्छु । पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने समान अवसर हुन्छ भन्ने लागेको थियो तर त्यस्तो भएन ।’