Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


पार्टीलाई ठिक ढंगले सञ्चालन गर्न अध्यक्ष पदमा उम्मेदवारी दिएँः नेता पोखरेल


273
Shares

काठमाडाैं। नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीलाई विधि र पद्धति अन्तर्गत ठिक ढंगले सञ्चालन गर्न आफू अध्यक्ष पदको उम्मेदवार बनेको दावी गर्नुभएको छ।

पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे दावी गर्नुभएको हो। उहाँले पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। नेता पोखरेलले पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिष्पर्धालाई अस्वभाविक रुपमा लिन नहुने बताउनुभयो। उहाँले जनताको बहुदलीय जनवादद्वारा निर्देशित पार्टीलाई थप सुधार गरेर अगाडि बढाउन आन्तरिक प्रतिष्पर्धा भएको उल्लेख गर्दै यसलाई अस्वभाविक रुपमा लिन नहुने उहाँको भनाइ छ।

नेता पोखरेलले पार्टीलाई थप व्यवस्थित र पार्टी नेतृत्व अपडेट गर्नुपर्ने आवश्यकता रहेको व्यहोरा पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो।