Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


‘एमाले फुट्दैन, अझ सशक्त भएर अघि बढ्छ’: नेता गुरूङ


221
Shares

काठमाडाैं। नेकपा एमालेका निःवर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा हुने प्रतिष्पर्धालाई लिएर पार्टी नफुट्ने दावी गर्नुभएको छ।

भृकुटीमण्डपमा साेमबार जारी एमाले महाधिवेशनको बन्दसत्र स्थलमा पार्टीको संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवारी दिने तयारी गरिरहेकाे उहाँले यस्ताे दावी गर्नुभएको हो। निःवर्तमान उपमहासचिव गुरुङले एमाले प्रतिष्पर्धामा विश्वास गर्ने पार्टी भएकाले पराजित भएकाहरुले पार्टी छोड्ने काम नगर्न जिकिर गर्नुभयो। उहाँले पार्टीलाई अझ सशक्त र अझ सुदृढ बनाउनका लागि नेतृत्व चयन प्रतिष्पर्धाको आधारमा गर्ने निर्णय गरिएको पनि स्पष्ट पार्नुभएकाे छ।

निःवर्तमान उपमहासचिव गुरुङले निर्वाचनमा पराजित हुनेहरुलाई समेटेर उनीहरुको भावनाको कदर गर्दै पार्टी अघि बढ्ने समेत बताउनुभयो।