Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


जेलबाट भागेका कैदी चोरी आरोपमा पक्राउ, १० लाख बढी रूपैयाँ बरामद


299
Shares

काठमाडौं । जेलबाट भागेका कैदी चाेरीकाे आराेपमा पक्राउ परेका छन् ।

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक गजुरेललाई ठमेलबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको १० लाख २३ हजार ५०० नगदसहित उनलाई पक्राउ गरकाे हाे ।

प्रहरीका अनुसार यही मंसिर २६ गते राति साढे १२ बजे काठमाडौँ सोह्रखुट्टेस्थित होटल लोटस ग्राण्डको पहिलो तल्लामा रहेको नेपाल होलिडे ट्रेक एन्ड ट्राभल्सको कार्यालयबाट चोरी गरेको पाइएको छ।

गजुरेलले काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित राज फाइनान्सबाट पनि यही मंसिर २४ गते चोरी गरेको प्रहरीको भनाइ छ । प्रहरीले आरोपी गजुरेलबाट नगदसहित खैरो रङको व्याग, चोरी गर्दा प्रयोग गरेको हरियो रङ्को हुडी, क्यानन क्यामेरा, हार्ड ड्राइभलगायतका सामग्री बरामद गरेको छ।

Skip This