Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


तेस्रो पटक पनि अध्यक्ष बन्ने ओलीकाे तयारी (भिडियाे रिपाेर्ट)

एमालेमा नेता व्यवस्थान नै चुनौती

520
Shares

काठमाडाैं। नेकपा एमालेको ११ औं महाधिवेशन आगामी शनिबारदेखि शुरु हुने भएकाे छ।

देशैभरीबाट महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउन शुरु गरिसकेका हुन् । पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको प्रतिस्प्रर्धाका लागि नेताहरुको दौडधुप शुरु भईसकेको छ। तर सबै भन्दा पेचिलो अवस्था अध्यक्षमा देखिएको छ। त्यस्तै, पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म नेता व्यवस्थापनको पाटो समेत उत्तिकै पेचिलो देखिंदैछ। कसरी अगाडि बढ्दै छ त एमालेको महाधिवेशनको राजनीति ?

११औं महाधिवेशनबाट तेस्रो पटक अध्यक्ष बन्ने केपी शर्मा ओलीकाे तयारी छ। अघिल्लो महाधिवेशनमा ओलीलाई समर्थन गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यस पटक भने ओलीसँग अध्यक्षका लागि प्रतिस्प्रर्धा गर्दै हुनुहुन्छ। संस्थापन र इतर पक्ष दुवैले आफ्नो पक्ष मत तान्नका लागि प्रतिनिधि भेटघाटदेखि गुटभेलासम्म गरिरहेका छन् । पदाधिकारीदेखि केन्द्रीय समितिसम्म कसरी नेताहरु व्यवस्थापन गर्ने भन्नेमा दुवै नेताहरुले रणनीति समेत बनाइरहेको देखिन्छ। तेस्रो पटक अध्यक्ष बन्न खोजेका ओलीका लागि आफ्नो पक्षमा रहेका नेताहरुलाई व्यवस्थापनमै समस्या देखिएको छ।

अहिले पदाधिकारीमै रहेका नेताहरु विष्णु पौडेल, शंकर पोखरेल र पृथ्वी सुब्बादेखि प्रदीप ज्ञवालीसम्मको ब्यवस्थापन कसरी हुन्छ भन्ने पनि चासोको विषय बनेको छ। १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिव गरि जम्मा १५ पदाधिकारी रहने एमालेमा यी सबै पदका लागि ठूलो संख्यामा आकाँक्षीहरु देखिएका छन् । उता ओलीसँग प्रतिस्प्रर्धामा उत्रिन लागेका वरिष्ठ उपाध्यक्ष पोखरेलले सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट लगायतका नेताहरुलाई लिएर प्यानल नै बनाएर अगाडि जाने तयारी गरेका छन् ।

ओलीबाट असन्तुष्ट बन्नेहरुलाई समेत तान्न सकिन्छ कि भन्नेमा समेत यो समूह छ। यसरी छलफलका जुटेका उनिहरु एकले अर्कालाई खुल्ला रुपमा चुनौति पेश गर्न शुरु गरिसकेका हुन् । पुनः नेतृत्वमा आउने र पुर्नजागरण अभियान शुरु गर्ने घोषणा समेत गरिसकेका छन्। पहिले अध्यक्षमा दुई कार्यकाल र ७० वर्षे उमेरहदको वकालत गर्दै आएका ओली अहिले भने आफू अनुकूलको व्याख्या मात्रै गर्दै आउनुभएकाे हाे। उहाँले अर्को पक्षको चर्को आलोचना समेत गरिरहनुभएकाे छ। सामूहिक नेतृत्वमा जाने परिपाटीका लागि पनि ओलीको बिदाई अनिवार्य भन्दै माहोल बनाउन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकाे पक्षले खाेजिरहेकाे छ।

यसरी महाधिवेशनको मिति नजिकिएसँगै नेताहरु कित्ताकाटमै उत्रिएका छन् । तर उनीहरुका लागि सबै भन्दा अप्ठ्यारो नै टिम निर्माण र नेता व्यवस्थापनमै हुने देखिएको हाे।

भिडियाे रिपाेर्ट: