Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


भिजिट भिसा प्रकरण: सहसचिव भट्टराईसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

भट्टराईसँग ७९ लाख ८० हजार रूपैयाँ बिगाे माग दावी

936
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणकाे आरोपमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे। अख्तियारले सहसचिव भट्टराईसँग ७९ लाख ८० हजार रुपैयाँ बिगाे माग दावी गरेकाे छ। याेसँगै भट्टराईमाथि सम्पत्ति सुद्धीकरणकाे अभियाेग समेत लागेकाे छ।

अख्तियारले २०८१ साल चैत ७ गते सहसचिव भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो। अख्तियारले गरिरहेको नियमित निगरानीपछि भट्टराई पक्राउ परेका थिए। यो प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम पनि मुछिएको थियो। उहाँकै योजना र सेटिङमा सहसचिव भट्टराईलाई एयरपोर्ट पठाइएको र त्यहाँबाट असुली धन्दा चलेको आरोप लागेको थियो।

घटना सार्वजनिक भएपछि तत्कालीन विपक्षी दलहरु नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएका थिए।