Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


वरिष्ठ उपाध्याक्ष पोखरेलको ओलीलाई प्रश्नः ‘पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ?’


403
Shares

काठमाडाैं। नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको सदस्यता दिन रोक्न नहुने बताउनुभएको छ।

काठमाडौमा बुधबार संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले राज्यको संविधानले नरोक्ने, अन्तर्राष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहाना भएमा पार्टी सदस्यता रोक्नु गलत भएको उहाँको भनाइ छ। भण्डारीको पार्टी सदस्यतालाई यत्रो एजेण्डाको रुपमा उठाउन पर्ने विषय नै नरहेको समेत उहाँले बताउनुभयो।

वरिष्ठ उपाध्याक्ष पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीका बारेमा आफूले पश्न उठाउँदै आएको पनि बताउनुभयो । पार्टीभित्र (जबज)को बारेमा कुनै मतभिन्नता नरहेको भएता पनि कार्यशैलीभित्र भने व्यापक मत भिन्नता रहेको उहाँकाे भनाइ छ।