काठमाडौं ।
इन्डोनेसियाको जकार्तामा रहेको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
भग्नावशेषमा अझै केही मानिस हराईरहेको बताईएको छ । इन्डोनेसियाली राजधानीको सात तले भवनमा हिजो दिउँसो आगलागी भएको हो ।
भवनको पहिलो तल्लामा ब्याट्री विस्फोट भएपछि आगलागी सुरु भएको प्रहरीको विश्वास छ । भवनमा ड्रोन बनाउने कम्पनी रहेको छ । ज्यान गुमाउने अधिकांश पीडितहरू महिला थिए ।
धुँवामा निसास्सीएर उनीहरुको मृत्यु भएको प्रहरीको अनुमान छ । कम्पनीले औद्योगिक ग्राहकहरूको लागि ड्रोन सेवा प्रदान गर्दथ्यो ।





प्रतिक्रिया दिनुहोस्