Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सरकारले आफ्ना माग पूरा नगरे जनविद्रोह हुने संरक्षक प्रसाईकाे चेतावनी


533
Shares

काठमाडाैं । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी समेत दिनुभएकाे छ।

सिंहदरबारमा सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उहाँले आफूहरुले राखेका माग पूरा नभए जनविद्रोह हुने र त्यो कसैले नसोचेको हुने चेतावनी दिनुभएकाे हाे। प्रधानमन्त्री कार्कीसँग आफ्ना मागहरु स्पष्ट रुपमा राखेको समेत उहाँले उल्लेख गर्नुभएकाे छ। उहाँले आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको उहाँकाे भनाइ छ।

प्रधानमन्त्री कार्कीले आफूहरुका मागकाे बारेमा अध्ययन गरेर आगामी पुस २ गते निर्णय दिने बताएको पनि प्रसाईले जानकारी दिनुभयाे। २०६२/०६३ को जन-आन्दोलनको म्याण्डेट भनेको संघीयता र धर्मनिरपेक्षता ल्याउने नरहेको बताउदै उहाँले यसकाे बारे जनमतसंग्रह गर्नुपर्ने माग राखेको बताउनुभयाे।

किराँत, बौद्धसहितको हिन्दु अधिराज्य-राजसंस्थाका सन्दर्भमा र अहिलेको व्यवस्थाका सम्बन्धमा जनमत संग्रह गर्न समेत संरक्षक प्रसाईलेआग्रह गर्नुभएकाे छ।