Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


भालुको आक्रमणमा परी २ जना गम्भीर घाइते


195
Shares

काठमाडाैं। जंगली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा २ जना गम्भीर घाइते भएका छन्।

भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका-५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका-५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेकाे प्रहरीले बताएकाे हाे। उनीहरूलाई साेमबार बिहान भालुले आक्रमण गरेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिनुभयो।निजी जमिनमा घाँस काटिरहेको अवस्थामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलबाट निस्केको भालुले आक्रमण गरेको स्थानीय बासीन्दाले बताएका छन् ।

भालुले आक्रमण गरेपछि स्थानीयस्तरमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि घाइतेलाई काठमाडौं पठाइएको प्रहरीले बताएकाे हाे।