Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेटवार्ता

पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल

208
Shares

काठमाडौैं। प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा आइतबार पुगेर पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्नुभएको हो। साेही भेटवार्ताका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ भने भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बनिसक्नुभएकाे हाे। दुई जनाबीच पहिलाे पटक भेटवार्ता भएकाे छ।