Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


केपी ओलीले गुण्डुमा नयाँ घर यस्ताे बनाउँदै (तस्बिरसहित)

ओली पत्नी शाक्यले गरिन् निवासको शिलान्यास

2.8k
Shares

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निवास बनाउने काम शुरू भएको छ।

एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले बिहीबार सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीका लागि निवास बनाउने काम शुरु भएकाे जानकारी गराउनुभएकाे छ। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भक्तपुरकाे बालकोटस्थित निवास आगजनीमा परेपछि उहाँ गुण्डुमा घर भाडामा लिएर हाल बस्दै आउनुभएकाे हाे। भक्तपुरकै गुण्डुमा उहाँका लागि निवास बनाउने काम समेत शुरू भएको हाे।

बिहीबार ओली पत्नी राधिका शाक्यले निवासको शिलान्यास गरेको तस्बिरसहित नेत बस्नेतको सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएकाे छ। सीमित मानिसहरूसँग आर्थिक सहयोग लिएर अध्यक्ष ओलीकाे नयाँ निवास बनाउन लागिएको बुझिएकाे छ।

अध्यक्ष ओली निवास बनाउन नेता बस्नेतले नै अगुवाइ गरिरहनुभएकाे हाे।

Skip This