Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


हङकङमा निर्माणाधीन भवनहरुमा लगाइएका जाली तत्काल हटाउन सरकारको आदेश


0
Shares

एजेन्सी ।

कहङकङ सरकारले निर्माणाधीन भवनहरुमा लगाइएका जाली तत्काल हटाउन आदेश दिएको छ ।

त्यहाँका सबै भवनमा लगाइएको स्क्याफोल्डिङ जालीलाई पर्सि शनिवारसम्म अनिवार्य हटाउन आदेश दिइएको हो ।

गत बुधवार वाङ फुक कोर्ट नामको आवासीय भवनमा भएको ठूलो आगलागीपछि सरकारले यो आदेश दिएको हो । आगलागि पछि गरिएको अनुसन्धानले भवन वरिपरि प्रयोग गरिएको सुरक्षात्मक जाली आगो रोक्ने मापदण्डअनुसार नबनेको पत्ता लागेको दाबी गरिएको छ ।

सरकारको यो आदेशले झन्डै तीन सय भवन प्रभावित हुनेछन् । कम गुणस्तरको जाली प्रयोग गर्ने ठेकेदारलाई कडा कारबाही गर्ने सरकारले चेतावनी दिनएको छ ।

अहिले हङकङमा २ सय वटा निजी र १० वटा सार्वजनिक भवन मर्मतमा छन् । ती भवनहरुको जालीका नमुना लिएर परीक्षण भइसकेको छ । वाङ फुक कोर्टमा आगो जाली र बाहिरका अन्य सजिलै बल्ने सामग्रीका कारण एक टावरबाट अर्कोमा छिट्टै फैलिएको अधिकारीहरूको भनाइ छ । आगलागीमा १ सय ५९ जनाको ज्यान गएको छ भने ३१ जना अझै बेपत्ता छन् ।