Logo १७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025


क्यानका महानिर्देशक अधिकारीसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा अदालतमा दायर

जनही साढे १३ करोड बिगो माग दावी

468
Shares

काठमाडौं। नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

भक्तपुरको नलिञ्चोक हेलिप्याडमा भएको अनियमिततालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार महानिर्देशक अधिकारीसहित ७ जनामाथि विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।

अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रवन्धक नवलविक्रम थापा र केही कम्पनीका प्रतिनिधिलाई मुद्दा लगाइएको छ। उनीहरूसँग जनही १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रूपैयाँ ७७ पैसा बिगो माग दावी र कैद तथा जरिवाना माग गरिएको अदालतले जनाएको हाे।

मुद्दा दायर गर्नुअघि अधिकारी र भण्डारीलाई पक्राउ गरिएको थियो। उनीहरूलाई पनि अदालतमा उपस्थित गराइएको हाे।