काठमाडौं ।
भारतको उत्तर प्रदेशमा बस र मालबहाक ट्रक एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
प्रदेशको बलरामपुर कोतवाली देहात क्षेत्रमा हिजो दिउसो सोनौलीबाट दिल्ली गइरहेको निजी यात्रुवाहक बस ट्रक संग ठोक्किदा अन्य दुई दर्जन बढी मानिस घाइते भएका छन् ।
तीन यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकालेमृतकको संख्या बढ्नसक्ने बताइएको छ ।
तीब्र गतिमा आइरहेको ट्रकले बसलाई ठक्क्र दिदा बस ट्रक दुवैमा आगलागी भएको भएको थियो । स्थानीय,प्रहरी, यातायात र दमकलको सहयताले उद्धार गरि आगो नियन्त्रणमा लिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।





प्रतिक्रिया दिनुहोस्