Logo १६ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025


भारतसँगको रक्षा सम्झौता अनुमोदनमा रुसी संसद्मा आज मतदान हुँदै


286
Shares

काठमाडौँ  ।

रुसी संसद्को तल्लो सदन डुमामा भारतसँगको प्रमुख रक्षा सम्झौता अनुमोदनका लागि आज मतदान हुँदैछ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बिहीबारदेखि सुरु हुने भारतको राजकीय भ्रमण अघि भारत–रसिया पारस्परिक आपूर्ति विनिमय सम्झौतामा मतदान हुने भएको हो ।

सम्झौताले रुस र भारतबिचको सैन्य क्षेत्रमा सहयोगलाई थप सुदृढ बनाउने रसिया सरकारको विश्वास छ । यसको उद्देश्य संयुक्त सैन्य अभ्यास, विपद् राहत र अन्य कार्यहरूको लागि समन्वय प्रक्रियालाई सहज बनाउनु हो।

रक्षा स्रोतहरूका अनुसार यो सम्झौताले सैन्य अभ्यास र विपद् राहत कार्यहरू लगायत संयुक्त गतिविधिहरूको प्रक्रियालाई सरल बनाएर सैन्य सहयोगलाई थप सुदृढ पार्नेछ।

त्यस्ता सम्झौताहरूले सहभागी देशहरूका लागि शान्तिकालीन सञ्चालनका लागि भौगोलिक अवसरहरू विस्तार गर्ने बताइएको छ ।