Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


चिकित्सा शिक्षा आयोगको बैठकः निजीलाई भन्दा विद्यार्थी कोटा सरकारीलाई बढी दिने निर्णय


676
Shares

काठमाडाैं। चिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसका लागि पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको छ।

सिंहदरबारमा आइतबार बसेको आयोगको बैठकले पिजी अध्ययनका लागि विद्यार्थीको कोटा निर्धारण गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बैठकमा पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थी कुन कलेजलाई कति सिट दिने भन्ने बारेमा छलफल भएको बताउनुभयो। सरकारी क्याम्पसलाई १ हजार भन्दा बढी र निजीलाई १ हजार भन्दा केही कम दिनेगरी विभाजन गरिएको उहाँको भनाइ छ। सरकारको यस निर्णयकाे बारेमा सबै खुशी रहेको उहाँले बताउनुभयो।

आयोगकाे अध्यक्ष समेत रहनुभएकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा शिक्षा आयोगको बैठक बसेको हो।