Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


राष्ट्र बैंकले आज थप ४० अर्ब रूपैयाँ उठाउँदै


104
Shares

काठमाडाैं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार थप ४० अर्ब रूपैयाँ उठाउने भएको छ।

बजारमा अत्याधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम उठाउने भएको हो। राष्ट्र बैंकले ३५ दिनका लागि आइतबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ। बोल गर्न सकिने रकम करिब १० करोड रूपैयाँ र बढीमा ५ करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ।

सावाँ तथा ब्याज भुक्तानी आगामी पुस १० गते तोकिएको हाे। यसको ब्याज दरसमेत बोलकबोलको माध्यमबाट हुने भएकाे छ। राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याज दरमा गर्नुपर्ने हाे। बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने भएका छन्।