Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


पोखरामा आज नेकपाको एकता सन्देश सभा


182
Shares

काठमाडौँ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज कास्कीको पोखरामा एकता सन्देश सभा आयोजना गर्दैछ।

सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

नेकपाले यही क्रमअन्तर्गत सोमबार कोशी प्रदेशको विराटनगर, मङ्सिर १८ मा कर्णालीको सुर्खेत, २० मा मधेस प्रदेशको जनकपुर र २३ मा बागमती प्रदेशको हेटौँडामा सभा गर्ने तयारी गरेको छ।

अन्तिम चरणमा मङ्सिर २९ गते देशभरका पालिकामा एकता सन्देश सभा सञ्चालन हुने पार्टीले जनाएको छ। यसअघि पार्टीले लुम्बिनी प्रदेशको दाङ देउखुरी र सुदूरपश्चिमको धनगढीमा क्रमशः शनिबार र शुक्रबार सभा गरिसकेको छ।