Logo १० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026


काठमाडाैंमा बंगलादेशी माछा महोत्सवकाे आयोजना


169
Shares

काठमाडाैं। बंगलादेश दूतावासले काठमाडाैंमा शुक्रबार माछा महोत्सवकाे आयोजना गरेको छ।

साेही महोत्सवमा विभिन्न प्रजातिका माछाका परिकार, बगांली स्वाद र खानाका स्टलहरु राखिएका थिए । कार्यक्रममा बंगलादेशका राजदूतसहित विभिन्न कूटनीतिज्ञहरुको उपस्थिति रहेको हाे। बंगलादेशी माछाका परिकार, साँस्कृतिक प्रस्तुति तथा व्यापारिक सम्भावना प्रदर्शन गर्ने उद्देश्यले महोत्वसव आयोजना गरेको दूतावासले जनाएको छ।

नेपाल बंगलादेश सम्बन्धलाई साँस्कृतिक रुपमा अझ नजिक ल्याउने उद्देश्य पनि कार्यक्रम गरिएको नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बताउनुभयाे। उहाँले दुई देशबीचको आपसी सहयोग र मैत्रीपूर्ण सम्बन्ध विस्तारका लागि यस्ता कार्यक्रम गर्दै आएको बताउनुभएकाे छ।