Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


सुदूरपश्चिमकाे सभामा ३० हजार मान्छे उतार्ने सह-संयाेजक नेपालकाे दावी


897
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दैनिक रुपमा आम-नागरिकको आकर्षण बढ्दै गएको बताउनुभएको छ।

काठमाडाैंमा बिहीबार आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सफल हुँदैन भनेको एकता दिनप्रतिदिन सफल हुँदै गइरहेको बताउनुभयो । शुक्रबारबाट सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्न लागेको बताउदै उहाँले सबैले साथ र सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभएकाे छ। सुदूरपश्चिमका नेताहरुले त्यहाँको सभामा ३०औं हजार मानिस उतार्ने उहाँकाे दावी थियाे।

सह-संयोजक नेपालले आफूहरुले जनताको मन र विश्वास जितेको बताउनुभयो।