Logo ११ मंसिर २०८२, बिहिबार | Thu Nov 27 2025


जेनजी आन्दोलनः अपराधिक कार्यमा संलग्न करिब ६ सय पक्राउ, २८३ जना विरूद्ध मुद्दा दर्ता

लुटिएका हातहतियार फिर्ता ल्याउन देशैभरी 'सेक्युरिटी अपरेशन’ सञ्चालन

468
Shares

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले गत २३ र २४ भदौमा लुटिएका हातहतियार फिर्ता ल्याउन देशैभरी ‘सेक्युरिटी अपरेशन’ सञ्चालन गरिएको बताउनुभएको छ।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बिहीबार गृहमन्त्री अयर्नलले यस्तो बताउनुभएको हो। उहाँकाअनुसार हालुसम्म आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये ७ सय २३ थान हतियार बरामद गरिएको छ। उहाँले जेनजी आन्दोलनका क्रममा जेल ब्रेक गरी भागेका १४ हजार ५ सय ५४ कैदीबन्दीमध्ये ९ हजार ६ सय ९७ जनालाई फिर्ता ल्याइएको पनि बताउनुभयो।

साथै बाँकी ४ हजार ८सय ५७ फरार कैदीको खोजीका लागि विशेष अपरेशन प्रक्रिया जारी रहेको पनि उहाँले बताउनुभयो। उहाँले जेनजी आन्दोलनको क्रममा अपराधिक घटनामा संलग्न ५ सय ९५ जनालाई पक्राउ गरिएकोमा २ सय ८३ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको पनि बताउनुभएकाे छ। उहाँले आगामी आम निर्वाचनमा सुरक्षाका लागि सेना परिचालनसम्बन्धी प्रस्ताव राष्ट्रिय सुरक्षा परिषदबाट पारित भइसकेको जानकारी समेत गराउनुभयो।

मन्त्री अर्यालले सातै प्रदेशमा निर्वाचनलक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सञ्चालन हुँदै आएको पनि बताउनुभयो । सुरक्षा निकायहरुको सुदृढीकरणका लागि आवश्यक उपकरण र सवारी साधन किन्न स्रोत सुनिश्चित गरिएको बतउँदै उहाँले नेपाल प्रहरीका लागि २ सय ६२ सवारी, सशस्त्र प्रहरीका लागि १ सय ९९ र राष्ट्रिय अनुसन्धान विभागका लागि ६ सवारी खरिद प्रक्रिया अगाडि बढाइएको स्पष्ट पार्नुभएकाे छ।

मन्त्री अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन घोषित मितिमा सम्पन्न गर्न सरकार कटिवद्ध रहेको पनि बताउनुभयो