Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


काठमाडौंमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

कार चालक भने प्रहरीकाे नियन्त्रणमा

2.6k
Shares

काठमाडौं। काठमाडौंको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएकाे छ।

काठमाडौं महानगरपालिका–२७ कान्तिपथस्थित सडकमा बीएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक ओखलढुंगाको लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएकाे हाे।

बुधबार राति भएको साेही दुर्घटनामा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएकाे हाे। कार चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ।