काठमाडौं ।
बंगलादेशको राजधानी ढाकामा आगलागी हुँदा १५ सय अस्थायी संरचना जलेर नष्ट भएका छन् ।
अव्यवस्थित बसोबास रहेका क्षेत्रमा आगलागी हुँदा उनीहरुका संरचना जलेर नष्ट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।
अग्निनियन्त्रकले १६ घण्टाको प्रयासपछि मात्र आगो नियन्त्रणमा लिएको अधिकारीहरुले जनाएका छन् । १६० एकड क्षेत्रफलमा फैलिएको यो बस्ती ढाकाको पाॅश गुलशन र बनानी क्षेत्रको बीचमा रहेको छ ।
अधिकारीहरुका अनुसार जलेको कोरेल स्लममा करिब ६० हजार परिवारको बसोवास रहेको थियो । जसमा धेरै जलवायु परिवर्तनका कारण प्रभावित भएर आएका शरणार्थी रहेको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्