Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


एनपीएल क्रिकेटमा चितवन राइनोज विजयी

विराटनगर किंग्स भने ४८रनले पराजित

585
Shares

काठमाडाैं। जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोज विजयी भएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएकाे खेलमा चितवनले विराटनगर किंग्सलाई ४८रनले पराजित गरेको हो। चितवनका बायाँ हाते स्पिनर रन्जित कुमारले ५ विकेट लिएपछि लगातार ३ खेलमा जित निकालेको विराटनगर आफ्नो चौथो खेलमा पराजित भएकाे हाे। विराटनगरको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

चितवनले भने आफ्नो तेस्रो खेलमा दोस्रो जित निकाल्दै प्लेअफ यात्रामा राहत बटुलेको छ। चितवनले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६ दशमलव५ ओभरमा १ सय २६ रनमा अलआउट भएकाे हाे।