Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


पार्टीकाे ११ औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बन्ने वरिष्ठ-उपाध्यक्ष पोखरेलकाे घोषणा

पार्टी अध्यक्ष ओलीलाई अभिभावकीय भूमिकामा बस्न आग्रह

338
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ-उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीकाे ११ औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएकाे छ।

वरिष्ठ-उपाध्यक्ष पोखरेलले मंगलबार एक वक्तव्य मार्फत भावी अध्यक्षको दावेदारी प्रस्तुत गर्दै उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताउनुभएकाे हाे। ‘पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरीका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ। पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु जारी वक्तव्यमा भनिएकाे छ।’

पार्टीमा आफूलाई तगारो लागेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई अघि सारेकाे बुझिएकाे छ। अहिले पोखरेलले लिखित वक्तव्य मात्र जारी गर्नुभएकाे हाे। महाधिवेशन प्रतिनिधि छनाेटपछि प्यानल घोषणा गर्ने वरिष्ठ उपाध्यक्ष पाेखरेलकाे तयारी रहेकाे छ। उहाँले पार्टी अध्यक्ष ओलीलाई अभिभावकीय भूमिकामा बस्न समेत आग्रह गर्नुभएकाे छ।