Logo ८ मंसिर २०८२, सोमबार | Mon Nov 24 2025


प्रसिद्ध अभिनेता धर्मेन्द्रकाे निधनप्रति बलिउड स्तब्ध

एक युगको अन्त्य भएको बलिउडकाे ठहर

1.2k
Shares

काठमाडौं। भारतीय सिनेमा जगतका सुपर स्टार धमेन्द्रको साेमबार ८९ वर्षको उमेरमा निधन भएको छ।

बलिउडमा “ही-म्यान“ का रूपले समेत चिनिएका धर्मेन्द्रले आफ्नो ५ दशको करियरमा ३ सय भन्दा बढी चलचित्रमामा काम गरिसकेका थिए । आफ्नो समयमा भारतको सिनेमा क्षेत्रमा एक छत्र राज गर्न सफल धर्मेन्द्र रुपका कारण पनि उतिकै चर्चित रहेका थिए ।

सन् १९३५ को डिसेम्बर ८ पंजाबको लुधियाना जिल्लाको साहनेवाल गाउँको जाट सिख परिवारमा जन्मिएका धर्मसिंह देओल (धमेन्द्र) ले भारतीय चलचित्र क्षेत्रमा सर्यौ सुपरहिट चलचित्र मार्फत आफूलाई विश्वभरी चिनाउन सफल छन् । धर्मेन्द्रले आफ्नो विशिष्ट अभिनय र योगदानका कारण सर्वश्रेष्ठ अभिनेताका साथै थुर्पै सम्मान पाएका छन् । फिल्मफेयर लाइफटाइम अचिभमेंटले सम्मानित भएका धर्मेन्द्र सन् २०१२ मा भारत सरकारद्वारा भारतको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्म भूषणबाट सम्मानित भएका थिए।

भारतका सुपर-स्टार दिलीप कुमारले एक सार्वजनिक कार्यक्रममै धर्मेन्द्रको रुपको तारिफ गर्दै भनेका थिए “यदि सर्वशक्तिमान ईश्वर भेट भए भने म एउटै मात्र प्रश्न सोध्छु कि-मलाई धर्मेन्द्र जस्तो रुपवान किन नबनाएको ? यसले धर्मेन्द्रका कति हदसम्म प्रशंसक थिए भन्ने पुष्टि गर्दछ।धर्मेन्द्र शुरुवाती समयमा फिल्मफेयर पत्रिकाको राष्ट्रियस्तरमा आयोजित नयाँ प्रतिभा पुरस्कार का विजेता बन्दै फिल्ममा काम गर्न अवसर पाई मुम्बई आएका थिए ।

तर पुरस्कारमा मिलेको यो फिल्म बन्न सकेन । मुम्बइमा धेरै आरोह अवरोहको सामाना गर्दै धर्मेन्द्रले सन् १९६० मा अर्जुन हिंगोरानीको “दिल भी तेरा हम भी तेरे” फिल्मबाट भने आफने फिल्मी करियरको शुरुवात गर्न सफल भएका थिए । सन् १९६० र १९६७ कोबीचमा कयौं फिल्ममा रोमांटिक हिरोका रुपमा स्थापित उनले त्यसपछि फर्केर कहिले हेर्न परेन । सूरत र सीरत, बंदिनी, दिल ने फिर याद किया र दुल्हन एक रात की अनपढ़ लगायत धेरै सुरपरहिट फिल्मले उनको उचाई धेरै माथि पुर्यायो । सन् १९७५ मा रमेश सिप्पी निर्देशित सोल फिल्मले उनलाई थप उचाइमा पुर्यायो ।

सोले जस्ता सदावहार चलचित्रले उनलाई जीवन्त राख्ने छ। पर्दामा सबै भन्दा सफल जोड़ी हेमा मालिनी उनको जीवन संगिनी पनि बन्न पुगिन् । धमेन्द्रले निर्माताका रुपमा पनि राम्रो सफलता पाएका छन् । उनका दुई छोरा सनी देवल र बबी देवल पनि बलिउडमा स्थापित नायक हुन भने हेमा मालिनिकी छोरी इशा देवल पनि यहि क्षेत्रमा सक्रिय भएकी छन् ।

महान कलाकार धर्मेन्द्रप्रति हाम्रो पनि श्रदासुमन !