काठमाडौं । जेनजी युवाहरूको एक समूह सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेकाे छ।
तर उनीहरूले प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय परिसरमै हो-हल्ला र नाराबाजी गरेका हुन् । प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठले पत्नीसहित नातेदारलाई जागिर लगाएको बारेमा ध्यानाकर्षण पत्र बुझाउन गएका जेनजीको समूहले प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि नाराबाजी गरेका छन् ।
मिराज ढुंगाना र सुदन गुरुङ नेतृत्वको जेनजी समूह ध्यानाकर्षण पत्र बुझाउन प्रधानमन्त्री कार्यालय पुगे पनि भेट्न पाएनन् । तर प्रधानमन्त्री कार्कीले समय नदिएको उनीहरूले गुनासो गरेका हुन्।





प्रतिक्रिया दिनुहोस्