Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ किनबेच ?


1.2k
Shares

काठमाडौं । साताकाे दाेस्राे दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोलाका एक हजार नौ सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार सोमबार सुन प्रतितोला दुई लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भएको छ।

आइतबार सुन प्रतितोला दुई लाख ४४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ। आइतबार तीन हजार एक सय ३५ रूपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार तीन हजार एक सय १५ रूपैयाँमा कारोबार भएको छ।