Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


उत्तर अफ्रिकी देश ट्युनिसियामा सरकार विरोधी प्रदर्शन सुरु


156
Shares

काठमाडौं ।
उत्तर अफ्रिकी देश ट्युनिसियामा सरकार विरोधी प्रदर्शन सुरु भएको छ । शनिबार राजधानी ट्युनिसमा राष्ट्रपति काइस सइदविरुद्ध हजारौं मानिस सडकमा उत्रिदै सरकार विरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले राष्ट्रपति सईदको बढ्दो कथित तानाशाही विरोध गर्दै जेलमा रहेका राजनीतिक बन्दीहरूको रिहाइको माग गरेका थिए । कारागारमा रहेका राजनीतिक बन्दीका परिवार र मानवअधिकारकर्मीको नेतृत्वमा ॅअन्याय विरुद्धको’ ब्यानरमुनि प्रदर्शनकारीले विरोध गरेका थिए ।

राष्ट्रपति सईदले न्यायपालिकामा हस्तक्षेप गरेको उनीहरुको आरोप छ । उनीमाथि राजनीतिक प्रतिद्वन्द्वीलाई निशाना बनाउन प्रहरी प्रयोग गरेको आरोप पनि लागेको छ ।

आर्थिक र राजनीतिक समस्याले घेरिएको ट्युनिसियामा एक हजारभन्दा बढी प्रदर्शनकारीले सरकार विरोधी नारासहित प्रदर्शनमा उत्रीएका थिए ।

यसअघि बिहीबार ट्युनिसियाका पत्रकारहरूले पनि सरकार विरोधी प्रदर्शन गरेका थिए। पत्रकारहरूले पनि प्रेस स्वतन्त्रता दमन र प्रमुख नागरिक समाज संगठनहरू विरुद्ध कारवाहीको विरोध गरका छन् ।