Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


सहकारी पीडित फेरि धर्नामा


143
Shares

काठमाडाैं । न्यायको खोजी गर्दैै आएका सहकारी पीडितहरुले फेरी सहकारी विभागको कार्यालयमा धर्ना दिएका छन्।

पीडितहरुले शुक्रबार आफूहरुको वचत रकम तत्काल फिर्ता दिन सरकारसँग माग गर्दै काठमाडौंको बुद्धनगरस्थित सोही विभागको कार्यालयमा धर्ना दिएका हुन् । सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि उनीहरु आक्रोशित हुँदै आएका छन् । धर्नाका क्रममा उनीहरुले आफूहरुको वचत रकम तत्काल फिर्ता गर र जनतानमा मार्नु पाईदैन लगायतका नारा लगाएका थिए ।

उनीहरुले धर्नाका क्रममा सबै सहकारी पीडितहरुलाई एकतावद्ध हुन पनि आग्रह गरेका छन्।