Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


एप्सटाइनका फाइल जारी गर्न आदेश


143
Shares

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधमा दोषी ठहर जेफ्री एप्सटाइनसँग सम्बन्धित सबै दस्तावेज सार्वजनिक गर्न आदेश दिएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत् आफुले उनका सबै अनुसन्धानका फाइल सार्वजनिक गर्न दिने विधेयकमा हस्ताक्षर गरेको जानकारी गराएका हुन् ।

विधेयकले न्याय विभागलाई अनुसन्धानका सबै जानकारी “खोज्न सकिने र डाउनलोड गर्न सकिने ढाँचामा“ ३० दिन भित्र सार्वजनिक गर्न अनुमति दिएको हो । विधेयक तत्कालै अमेरिकी सदनबाट पारित समेत भएको छ ।

ट्रम्पले यसअघि, उक्त फाइलहरु सार्वजनिक गर्न अस्वीकार गर्दै आएका थिए । यसलाई विपक्षीहरुले मृतक इप्सनसंग ट्रम्प समेत नजिक भएकाले कतिपय अनियमितामा उनको समेत संलग्नता रहेको आशंका गर्दै दस्तावेज सार्वजनिक नगरेको आरोप लगाउँदै आएका थिए ।

एप्सटाइनका पीडितहरू र आफ्नै रिपब्लिकन पार्टीका सदस्यहरूबाट समेत चर्को दबाव बढेसंगै ट्रम्प उक्त विधेयक जारी गर्न तयार भएका हुन् । ट्रम्पले आफु उनका अपराधबारे जानकार नरहेको भन्दै अब सत्यतथ्य बाहिर आउने पनि बताएका छन् ।