Logo ३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025


जाँचबुझ आयोगका अध्यक्ष कार्की ट्याकमा आएकाेमा धन्यवाद: महेश बस्नेत


7.6k
Shares

काठमाडौं। नेकपा एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको भाषा नरम हुन थालेको बताउनुभएकाे छ।

काठमाडाैंमा बुधबार प्रेस चौतारी नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बस्नेतले यस्ताे बताउनुभएकाे हाे। दलका नेताहरूलाई स्थान हद तोक्ने र पासपोर्ट रद्द गर्ने जस्ता काम भइरहेकोप्रति आपत्ति जनाउँदै उहाँले आयोग अध्यक्ष कार्की पछिल्लो समय ट्याकमा आएकाे बताउनुभयाे।

उहाँले भन्नुभयाे,-‘म गौरीबहादुर कार्कीजीलाई धन्यवाद दिन चाहन्छु । हिजो उहाँको भाषा अलिकति सफ्ट आयो । ‘केपी ओलीलाई किन रोकेको भन्दा भ्याली भन्दा बाहिर जाँदा असुरक्षित हुन्छ कि भनेर रोक्या, विदेश जाँदा पनि उहाँहरूको आलोचना होला कि भनेर रोक्या। एमालेको मात्र होइन उहाँ सबैको नेता हो । अहिले उहाँ ठिक ट्याकमा आउनुभयो।’

नेता बस्नेतले आफूलगायत नेताहरू जेनजीसँग अन्तरक्रियाका लागि बारा जाने क्रममा बारामा बुधबार भएको घट्नाप्रति आपत्ति प्रकट गर्नुभएकाे छ।