काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीए) को दोस्रो संस्करणमा सुरक्षाकर्मी परिचालन गरिएकाे छ।
यहि मंसिर २८ गतेसम्म संचालन हुने एनपीएलको सुरक्षार्थ १ हजार ९ सय प्रहरी परिचालन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हाे। २ सय २५ सशस्त्र प्रहरी र २ सय प्राइभेट गार्ड खटाइने क्यानले जानकारी गराउकाे छ। दोस्रो संस्करणको एनपीएल साेमबारदेखि शुरु भएकाे छ।
पहिलो खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडाैं गोखार्जबीच साेमबार दिउँसो ४ बजेदेखि शुरु भएकाे हाे। दिन र रातमा दुवै समयमा खेल हुने हुँदा एनपीएलको सबै पक्षको सुरक्षाका लागि सुरक्षाकर्मी खटिने क्यानले जनाएकाे छ।




प्रतिक्रिया दिनुहोस्