Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


सरकारले वर्षौंदेखि अलपत्र परेका २५ वटा रूग्ण ठेक्का तोड्याे


598
Shares

काठमाडौं। सरकारले सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र परेका २५ वटा रुग्ण ठेक्का तोड्न शुरु गरेको छ।

सडक डिभिजन कार्यालय काठमाडौंले साेमबार एक सूचना जारी गर्दै २५ वटा रुग्ण ठेक्का तोडिएको उल्लेख गरेको हो। ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० मा सम्झौता भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने, आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभयाे।

त्यसपछि सडक विभाग मातहतका कार्यालय रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएका थिए।