Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


११ औं महाधिवेशनमा राजनीतिक, सांगठनिक प्रस्ताव र विधानसहितका विषयमा थप बहस गर्न आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल (वक्तव्यसहित)


221
Shares

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११ औं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको बताउनुभएकाे छ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले शुक्रबार एक वक्तव्य जारी गर्दै जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भई नयाँ निष्कर्षमा पुग्न महाधिवेशन प्रतिनिधिहरूको भूमिका हुने बताउनुभएकाे हाे।

‘ गत भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नुपर्ने आवश्यकता छ । तसर्थ, आगामी एघारौं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ। हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्न महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहने जारी वक्तव्यमा उल्लेख गरिएकाे छ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी मंसिर १३ गते एकै दिन देशैभरी हुने महाधिवेशन प्रतिनिधिहरूको छनोटमा संगठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयताका साथ सहभागी बन्न पार्टी सदस्यहरूलाई अपिल समेत गर्नुभयाे।