काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पिकर्सले पोखरा निन्जार्सलाई पराजित गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्ड हलमा बिहिबार सम्पन्न भएकाे खेलमा काठमाडौंले पोखरालाई ३-१ को सेटमा पराजित गरेको हो। पहिलो सेटमा काठमाडौं २५–१९ र दोस्रो सेटमा २५–१७ ले विजय भएको थियो। तर, तेस्रो सेटमा पोखरा १२–२५ ले विजय भयो। त्यसपछि चौंथो सेटमा काठमाडौंले २५–१८ ले जित हासिल गरेकाे हाे।
याे जितसँगै काठमाडौं ३ अंक जोड्न सफल भएकाे छ । ४ खेलबाट ६ अंक पुराएको काठमाडौंको फाइनल पुग्ने सम्भावना कायमै रहेकाे हाे। जेन-जी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारदेखि काठमाडौंमा पुनः सुचारू भएको छ।




प्रतिक्रिया दिनुहोस्