Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


अमेरिकाले ३२ देशका कम्पनीलाई प्रतिवन्ध


2.5k
Shares

काठमाडाैं ।
इरानकोे ब्यालेस्टिक मिसाइल कार्यक्रममा जोडिएको भन्दै अमेरिकाले भारतसहित सात देशका ३२ कम्पनीलाई प्रतिवन्ध लगाएको छ । प्रतिवन्ध लगाइएका देशहरुमा चीन, हंगकग, यूएई, टर्की, ईरान, भारतसहितका देश रहेका छन् ।

अमेरिकाको विदेश विभागले यी देशका केही व्यक्ति र संस्थाले ईरानको मिसाइल तथा मानवरहित हवाई उडान निर्माण कार्यमा सहयोग गरेको आरोप लगाएको छ ।

इरानले आफ्नो परमाणु प्रतिवद्धता उल्लंघनको जवाफ स्वरुप यी देशहरुमाथी प्रतिबन्ध लगाइएको अमेरिकी दाबी छ । प्रतिबन्ध लगाइएका सस्थाहरुमा भारतको फार्मलेन प्राइवेट लिमिटेड पनि रहेको छ । जसलाई यूएई स्थित एक फर्मसगै मिलेर सोडियम क्लोरेट र सोडियम परक्लोरेट जस्ता सामग्रि आपुर्तिमा सहयोग गरेको आरोप लगाइएको छ ।

अमेरिकी अधिकारीहरुले इरानको आणविक केन्द्रलाई सहयोग पुर्याउने जुनसुकै देश तथा संस्थामाथि अमेरिकाले निगरानी राख्ने बताएका छन ।